कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग फेरी अवरुद्ध

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,माघ ७ गते।

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग फेरी अवरुद्ध पारिएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर २ गणेशपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक वडा नम्वर ६ बावनपुरका ३१ बर्षीय रतन बिकको मृत्यु भएपछि स्थानीयले आज फेरी पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।हिजो पनि राजमार्ग अवरुद्ध पारिएकोमा आज दुवै पक्षबिच वार्ता गर्ने सहमतीमा अवेर रातीदेखि सवारी साधन सञ्चालन गरिएको थियो। आज विहान पीडित पक्ष र ट्रक मालिकबिच छलफल भएपनि सहमती जुटन नसक्दा विहान ९ बजेदेखि नै राजमार्ग अवरुद्ध रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। स्थानीयले दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतीपुर्तीको माग गर्दै आएका छन्।सोमवार पूर्वबाट पश्चिम तर्फ आईरहेको ना २ ख ४५८ नम्वरको ट्रकले प्रदेश न। २–०३००४ प ९६११ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार बिकको मृत्यु भएको थियो। दुर्घटनामा गम्भिर घाईते भएका बिकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको थियो। ट्रक र चालक धनगढी उत्तरवेहडीका चेतसिंह साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *