अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदादाता,माघ १० गते।
न्युनचापिय प्रणालीका कारण अहिले देशका विभिन्न स्थानको मौसम बदली भएको छ। तराईका अधिकासं र मध्य पुर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
तराईका भु–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको छ। पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान २ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।