भोलि सरकारको नीति कार्यक्रम प्रस्तुत हुने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख २७ गते

संघीय संसद्को बजेट अधिवेशन भोलि देखि प्रारम्भ र भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४:०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।

सोमबार सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *