अनलाईन न्युजपाटी,कोहलपुर,समाचारदादाता,माघ १४ गते।
बाँकेको कोहलपुर नगरपालिकामा एक निर्माण व्यवसायीले एक घण्टा तालाबन्दी गरेका छन् । सोमबार राष्ट्रमुखी निर्माण सेवा कोहलपुरले काम गरे बाफतको भुक्तानी नपाएको भन्दै मुख्य गेटमा नै तालाबन्दी गरेको हो ।सडक निर्माणको काम गरेबाफतको रकम भुक्तानी नभएपछि कोहलपुर नगरपालिकाको मुलगेटमै ताला लगाउनुपरेको निर्माण कम्पनीले जनाएको छ ।राष्ट्रमुखी निर्माण सेवाले साविकको त्रिपुरा गण देखि गोरखा स्कुल हुँदै इन्द्रेणी चोकसम्म जाने सडक निर्माणका लागी जिम्मा पाएको थियो । २ करोड ६ लाख बराबर सडक निर्माणको जिम्मा लिएको राष्टमुखी निर्माण सेवाले रनिङ्ग बिलमा ६५ लाख मात्र लिएको राष्ट्रमुखी निर्माण सेवाका प्रमुख गौरव रावलले जानकारी दिए ।‘आफुले सडक निर्माण गरेबाफत पाउनुपर्ने रकम नपाएपछी बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको हो’ उनले भने,‘समयमा नै काम गरेको रकम नपाउँदा कर्मचारी तथा मजदुरहरुलाई तलब दिन समेत समस्या भयो ।’सोमबार नै कोहलपुर नगरपालिका जनप्रतिनिधी, कर्मचारी र निर्माण सेवाका प्रतिनिधीबिच भएको छलफल पश्चात १ घन्टापछी नगरपालिकामा लगाइएको ताला खोलिएको थियो ।छलफलमा केही दिनमा नै काम गरेको रकम भुक्तानी गरिदिने बताएपछि ताला खोलिएको राष्टमुखी निर्माण सेवाका प्रमुख रावलले बताए ।