कोशी नदी र रातो नदीमा पानीको बहाव उच्च

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १६ गते

कोशी नदी र रातो नदीमा पानीको बहाव उच्च भएको छ ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार २ सय ९५ क्युसेक पुगेको छ । पानीको बहाव पछिल्लो मापनको तुलनामा घट्दो क्रममा रहे पनि ब्यारेजमा अझै खतरा तह कायम रहेको जनाइएको छ । उच्च बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका २० वटा ढोका खोलिएका छन् । नदीमा पानीको सतह र बहाव उच्च रहेकाले ब्यारेज तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्रबाट बग्ने रातो नदीमा समेत पानी बहाव उच्च भएपछि जोखिम बढेको सरोकारवाला निकायको भनाई छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनका अनुसार रातु खोला आसपासको क्षेत्रमा पानीको बहाव बढ्न सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा टोलीलाई सतर्क अवस्थामा परिचालन गरिएको छ । रातु नदी प्रणालीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव र आसपासको अवस्थाबारे निरन्तर जानकारी राख्न तथा जोखिम बढेमा सुरक्षित स्थानतर्फ जान प्रशासनले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *