अवैध ९७ केजी लागूऔषध गाँजा मकवानपुरबाट बरामद

अनलाईन न्युजपाटी,हेटौडा,समाचारदादाता,माघ २२ गते।

मकवानपुरको राक्सीराङ्गबाट ९७ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ । राक्सीराङ्ग गाउँपालिका २ स्थित सुनौलो सौराहा इलाकाबाट सशस्त्र र स्थानीय प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्रका प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । बरामद गरिएको अवैध लागूऔषध गाँजा इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *