अनलाईन न्युजपाटी,विराटनगर समाचारदाता,फाल्गुन ०७ गते।
शङ्कास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका -१ गुफापोखरीबाट विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सदस्य चैनपुर “अग्नि” भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले रेडबुल बम , सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन ।