चीनसहित पाँच देशका नागरिकलाई भिसा अनअराइभलमा रोक

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १९ गते।

नेपाल सरकारले पाँच देशका नागरिकलाई एक महिनाका लागि भिसा अनअराइभलमा रोक लगाएको छ। नेपाल सरकार गृह मन्त्रालयले हङकङसहित चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ७ देखि मार्च ३१ सम्म भिसा अनअराइभलमा रोक लगाएको हो ।

ती देशका नागरिक नेपाल आउनु परे सम्बन्धित देशमै रहेका नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत कोरोनासम्बन्धी स्वास्थ्य परीक्षणसमेतको रिपोर्टका आधारमा आवश्यकता र औचित्य हेरेर भिसा लिन सक्नेछन् ।

अहिले इराकसहित १३ मुलुकका नागरिक बाहेक , अन्य देशका नागरिकले भने नेपालमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अध्यागमनका सम्बन्धित कार्यालयमाफर्त प्रवेशाज्ञा अनुमति लिन पाउने व्यवस्था छ ।

न्त्रिपरिषद् बैठकले कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई भिसा जारीमा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अध्यागमन विभागमार्फत ५ मुलुकका नागरिकलाई भिसा अनआराइभलमा तत्कालका लागि रोक लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *