विप्लव समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन १९ गते।

विप्लव समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल पक्राउ परेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर घर भएका मण्डललाई धनुषाकै गणेशमान चारनाथ नगरपालिका ५ सखुवनी खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।उनी महेन्द्रनगर वमकाण्ड, कर्तव्य ज्यान र संगठित अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ। सखुवनी खोलामा आइतबार विप्लव समूहका नेताहरु भएको सूचना पाएपछि सादा पोशाकमा प्रहरी परिचालन भएको थियो।तर, प्रहरी आइरहेको सूचना पाएलगत्तै उनीहरू भागेका थिए। तर सादा पोशाकका प्रहरीले लखेटेर मण्डललाई मात्र पक्राउ गर्न सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *