आज पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्रीको पुतला जलाइयो

 अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,फागुन १९ गते।

समाजवादी विद्यार्थी युनियनले आज पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्रीको पुतला जलाएको छ।  पुस्तकमा कर लगाइएको, पेट्रोलियम पदार्थमा कर बढाइएको तर विभिन्न ठूला व्यापारी घरानालाई कर मिनाहा गरिएको भन्दै विद्यार्थीहरूले अर्थमन्त्रीको पुतला जलाएको बताएका छन्।  विद्यार्थीहरूले पृथ्वीनारायण क्याम्पस गेटमा प्रदर्शन गर्दै पुतला जलाएका हुन्। पुतला जलाएर गरिएको विरोध र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर विद्यार्थीहरूलाई तितरबितर पारेको थियो। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *