अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,फागुन २० गते।
ठगी मुद्दामा पक्राउ परेका रौतहटस्थित गरुडा नगरपालिकामा कार्यरत आइटी अफिसर भुपनारायण यादव १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सोमवार जिल्ला अदालतको फैसला अनुसार यादव १ लाख रुपैयाँ धरौटी राखेर रिहा भएको शाखा अधिकृत टोपबहादुर पुनले जानकारी दिए । जिल्ला न्यायधीश चित्रबहादुर गुरुङको एकल इजलासको निर्णयअनुसार यादव रिहा भएका हुन् ।ठगी मुद्दाका अर्का आरोपी समाजवादी पार्टीका राष्ट्रिय परिषद सदस्य जयनाथ यादव भने हालसम्म फरार रहेका छन् । यादवलाई गरुडा नगरपालिका छेउबाट गत माघ २२ गते ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गौरमा पठाएको थियो । गरुडा नगरपालिका जिंगडिया टोलका शेख कादिरको उजुरीको आधारमा नगरपालिकाका कर्मचारी र समाजवादी नेता यादव उपर जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्धा दर्ता गरिएको थियो ।