भारतबाट बाइकको ट्याकीमा ८ किलो चाँदीका गहना राखेर ल्याउने पक्राउ

अनलाईन न्युजपाटी,नेपालगञ्ज,समाचारदाता,फाल्गुन २३ गते।

मोटरसाइकलको ट्याकीमा फल्स बटम् बनाएर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा साढे ८ किलो चाँदीका गहना बरामद गर्न सफल भएको थियो ।

बाँकेको नेपालगञ्जबाट प्रहरीले ८ किलो ५ सय ग्राम चाँदी सहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको बिषेश टोलीले भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा उक्त चाँदीका गहनाहरु बरामद गरेको हो ।

युपी ०३२ जेपी ३८८८ नम्बरको पल्सर मोटरसाइकलको ट्याकीमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा अलिब सलमानीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक हरी बस्नेतले अनलाईन न्युजपाटीलाई जानकारी दिए । चाँदीका गहनासहित पक्राउ परेका भारतीय नागरीकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *