अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,फाल्गुन २३ गते।
सिरहाको गोलबजार नगरपालिका वडा न ४ जनकचौकमा बसको ठक्करबाट को. ४ प २०९८ नम्बर मोटर साइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गईरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई ओवर टेक गर्ने क्रममा विपरीत दिशाट आउँदै गरेको बा.३१ ब ९८८३ नम्बरको मोटरसाइकलमा ठोक्किएर ना. ४ ख ४२६५ नम्बरको बसले किच्दा मोटरसाइल चालक लहान नगरपालिका १९ का मोहमद लुतफूर रहमानको घटनास्थलमै मृत्यु भएको हो ।
बा.३१ ब नम्बरका मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएको छ । घाइतेलाई नजिक को अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा पठाइएको प्रहरीले जनाएको छ । बस र चालक ईलाका प्रहरीको नियन्त्रणमा रहेको छ ।