अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,फाल्गुन २२ गते।
सन् २०१२ मा दिल्लीको सडकमा निर्भयाको सामूहिक बलात्कारपछि हत्या काण्डका दोषी चारै जनालाई आगामी २० मार्चमा फाँसी दिइने गरि दिल्लीको पटियाला हाउस कोर्टले आज नयाँ मृत्युदण्डको सजाय सुनाएको हो । उक्त घटनामा ६ जना संलग्न रहेकोमा एक जनाले तिहाड जेलमै आत्महत्या गरिसकेका छन् भने एक नाबालकलाई सुधार गृह पठाइएको थियो । उनलाई तीन वर्षपछि रिहा गरिएको थियो । निर्भया बलात्कार काण्डमा दोषी ठहरिएका चार जना पवन, मुकेश, विनय र अक्षयलाई मृत्युदण्ड सुनाइएको यो चौथो पटक हो । अदालतका अनुसार निर्भयाका चारै जना बलात्कारमा दोषी ठहरलाई २० मार्चका दिन बिहान ५ बजेर ३० मिनेट जाँदा मृत्युदण्ड दिइनेछ ।