अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ५ गते।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने भएका छन्। फागुन २१ गते मिगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइपछि डिस्चार्च भएर विभिन्न कार्यक्रममा सहभागि भइसकेका छन्। ओली कोरोनाविरुद्ध सार्क राष्ट्र एक भएर लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको भिडियो कन्फरेन्समा पनि करिब २ घण्टा सहभागि भए। त्यसैले आजको सचिवालय बैठकमा पनि ओली सहभागि हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।