अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,चैत ५ गते।
भन्सार छलीका लुगा कपडा सहित कैलालीमा ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका बाट भन्सार छली लुगा कपडा ल्याई रहेको अवस्थामा उनीहरु लाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बझाङको केदारस्यु गाँउपालिका ७ की २६ बर्षिय कुशला शाही धामी, दार्चुलाको मार्मा गाँउपालिका ६ का २० बर्षिय चन्द्र देव जोशी, बझाङको सुर्मा गाँउपालिका ४ का ३९ बर्षिय टोप बहादुर बोहरा रहेका छन् ।पक्राउ परेका तिनै जना लाई आवश्यक कारबाहीका लागी त्रिनगर भन्सार कार्यालय पठाईएको प्रहरीले जानकारी दिएको छ ।