अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता ,चैत्र २० गते।
विश्वव्यापी कोरोनाको भाइरस संक्रमण फैलिनन दिन नेपाल सरकारद्धारा लकडाउन घोषणा गरिएको छ, साथै सावधानी अपनाउन समेत आग्रह गरिएको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार COVID-19 को विश्वव्यापी संक्रमणको अवस्थामा अत्यावश्यक सामग्री तथा सेवा आपूर्तिको लागि आवश्यक बित्तिय सेवा सुचारु गर्ने उदेश्यले ज्योति बिकाश बैंक लि. का शाखा कार्यालयहरु खोलिने भएको छ । यस ज्योति बिकाश बैंकले आफ्ना कर्मचारी ,ग्राहक बर्ग तथा समस्त नागरिकहरुको स्वास्थ्य सम्बेदनशिलता लाई मनन गर्दै आफ्ना सेवाहरु सुचारु गर्नें बिषय मा अर्को सूचना जारी नहुँदा सम्मको लागि निम्न बमोजिमको दिनमा र समय तालिका अनुसार बैंक खोलिने भएको छ ।