आज दक्षिण कोरियामा मास्क र पन्जा लगाएर मतदान हुँदै

अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता,बैशाख ०३ गते।

दक्षिण कोरियामा बुधवार संसद्‌को नेसनल एसेम्ब्लीको निर्वाचन भइरहेको छ। निर्वाचनमा मतदाताहरू मास्क लगाएर गएको देखिएको छ। उनीहरू कम्तीमा एक मिटरको दूरीमा उभिएको बताइएको छ। मतदानअघि उनीहरूको ज्वरो नापिएको थियो। उनीहरूलाई पहिला पन्जा र पछि मतपत्र दिइएको समाचारसंस्थाहरूले जनाएका छन्। यो निर्वाचनका लागि चार करोड ४० लाख नागरिक मतदाता छन्। दक्षिण कोरियाले इतिहासमा कहिल्यै निर्वाचन नरोकेको बताइएको छ। सन् १९५२ मा कोरियाली युद्ध हुँदा पनि त्यहाँ राप्ट्रपतिको निर्वाचन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *