१७ वर्षीया किशोरी सामुहिक जबर्जस्ती करणी गर्ने ४ जना पक्राउ

अनलाईन न्युजपाटी कैलाली, समाचारदाता, बैशाख ०२ गते।

१७ वर्षीया किशोरीलाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरोपमा चार युवक पक्राउ परेका छन्। कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को चनौरामा सोमबार राती आफन्तको घरबाट धनगढी फर्किने क्रममा किशोरीलाई जबरजस्तीकरणी गर्ने चार युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

किशोरी आफ्नो घर धनगढी तर्फ फर्कीने क्रममा कैलाली गौरीगंगा न.पा. १ खुरखुरीया नजिकै पुग्दा मोटर साईकलमा आएका ४ जनाको समुहले बाटो छेकी धारिलो हतियार देखाई पिडित संगै जबरजस्ती करणी गरेको थियो । साथै उनीसंगै आउने तिनजना साथीलाई कुटपिट समेत गरेको थियो । पक्राउ पर्नेमा कैलाली गौरी गंगा नगरपालिका वडा न ०४ बस्ने   नरेश नेपाली , अर्जुन सावद , निर्मल चौधरी , नरेश भट्ट रहेका छन् । घटनामा प्रयोग भएको धारिलो हतियार र से २ प ११२३ नम्बरको मोटर साईकल बरामद गरी थप अनुसन्धान भई रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *