सुनसरीको घुस्की मस्जिदबाट ६ विदेशी फेला

अनलाईन न्युजपाटी विराटनगर,समाचारदाता, बैशाख ०६ गते।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली गराउने निर्णयपछि प्रहरीले गरेको खोजीका क्रममा घुस्की मस्जिदमा आश्रय लिएर बसेका छजना विदेशी फेला परेका हुन् । सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

घुस्की पूर्वतर्फ रहेको नेपाल भारत सीमा नजिकको शिकारी टोल कवरत मस्जिदमा आश्रय लिन आएका मुस्लिम धर्मगुरु रहेको जमातीहरुलाई नियन्त्रणमा लिएर कोरोना सक्रमण भए नभएको आवश्यक परीक्षणका लागि रामनगर भुहाटा लगिएको प्रहरीले जनाएको छ ।

उनीहरु भारतको मुम्वई, पटना, इलाहावादलगायतबाट आएका हुन यसैगरी उनीहरूसँगै दुईजना घुस्कीका स्थानीय रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षण पश्चात् सबैजनालाई भुटाहा जेनरल अस्पतालमा रहेको क्वारेन्टाईनमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *