अनलाईन न्युजपाटी जनकपुरधाम, समाचारदाता, बैशाख ०९ गते
लकडाउनका कारण चरम समस्यामा परेका सबै खाले वर्गका लागि नि:शुल्क भोजन खुवाउने कार्य भईरहेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा न १० को देबी चौक मा प्रमुख दाता महेन्द्र प्रसाद साहको सह्योगले विपन्न वर्गकालाई नि:शुल्क भोजन खुवाएर उदाहरणीय कार्य भईरहेको छ। खाना मा भात दाल तरकारी र अचार को व्यवस्था गरिएको छ । यो सेवा लकडाउन अबधि भर चल्ने छ।
सामाजिक दुरीलाई ध्यानमा राखेर खाना खाने लाई टेन्टको व्यवस्था छ भने खाना घर लाने लाई पार्शलको पनि व्यवस्था गरिएको छ। बिहान र बेलुका गरी दैनिक तिन हजार भन्दा बढी व्यक्तिलाई निःशुल्क भोजन खुवाइएको छ। यस अभियानमा स्थानीय युवा सुरेश ठाकुर, दिनेश साह, प्रेम परियार,अमर मण्डल ,संजय यादव,अमर साह र अन्य सबै कार्यकर्ताले तन, मन, धन सबै दिएर लगातार सहयोग गरिरहेको प्रमुख दाता महेन्द्र प्रसाद साहको भनाइ छ।
लामो समयदेखि अरगाजा पोखरीको छठ र देबिचौक मा हुने दसैं जस्ता धार्मिक समाजसेवामा रहेका प्रमुख दाता महेन्द्र प्रसाद साह, मिथिला समाज समिति र राजदेबी युवा क्लव देबिचौकको सहयोग तथा समन्वयमा लकडाउनका कारण समस्यामा परेकाहरुलाई निशुल्क भोजनको व्यवस्था गरिरहेको छ।
साथै लकडाउनको कारण कसैलाई दैनिक भोजन,औषधि वा अन्य कुनै समस्या पर्न गएमा ९८५१०६६८९१ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।