पर्सा काग्रेसद्धारा नारायणी अस्पतालमा फेरी सम्पुर्ण सेवा सुचारू गर्ने माग

अनलाईन न्युजपाटी कृष्णा यादब,वीरगंज समाचारदाता, बैशाख ०९ गते।

पहिलेकै जस्तै आकस्मिक लगायतका सम्पुर्ण सेवा सुचारु गर्न नारायणी अस्पतालाई सरकारसंग नेपाली काग्रेस पर्साका नेताहरुले माग गरेका छन र कोरोना संक्रमितहरुको उपचारका लागी अन्य कतै ब्यवस्थापन गर्न पनि बिज्ञप्तीमा जनाएका छन।

नेपालीका केन्द्रिय सदस्य रमेश रिजाल र अजय चौरसिया,नेताहरु सुरेन्द्र प्रसाद चौधरी, अनिल रुगटा, जनार्दन सिंह क्षेत्री, प्रदेश सभासदस्यहरु ओमप्रकाश शर्मा,शंकर चौधरी, राजेश्वर साह तेली,अशिया देवी थरुनी लगायत नेता, रामरुप कुर्मीले आज एक संयुक्त बिज्ञप्ती जारी गरि नारायणी अस्पतालमा आएको पि सि आर मेशिन यथाशिघ्र जडान गरी संचालन गर्नुपर्ने माग पनि गरिएको छ।

विश्व भरि फैलिएको कोरोनाका कारण लकडाउनको अबधि भरि किसानहरुको ब्याज मिनाहा गर्दै राहतको प्याकेज उपलब्ध गराउनु पर्ने पनि बिज्ञपतिमा जनाईएको हो साथै व्यपारीहरुको ब्याज मिनाहा गर्नु पर्ने माग गरेको छ।

स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा संचारकर्मीहरुको आवश्यक सुरक्षा कवचको ब्यवस्था गर्नुपर्ने लगायतको माग समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै संघर प्रदेशमा रहेका सांसद मन्त्री , राज्य मन्त्रि सम्पुर्णको भताबाट ३०% कोरोना राहतकोशमा जम्मा गर्न पनि बिज्ञपति मा जनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *