नेकपाका युवा नेता अंसारीले आफ्नो घर भाडा ३ महिना नलिने घोषणा

अनलाईन न्युजपाटी कृष्णा यादब,बीरगंज समाचारदाता, बैशाख ०९ गते

विश्वब्यापी रुपले फैलिरहेएको नोबेल कोरोना भाईरसको कारण घर भाडामा बसेका मानिसहरु शीत नेकपाका युवा नेता महमुद अन्सारीले आफ्नो घरमा बसेकाहरूलाइ घरभाडा छुट दिने घोषणा गर्नु भएको छ।

विगत लामो समय देखि समाजसेवा र राजनीतिक गर्दै आउनु भएको अंसारीले वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा रहेको घरमा बहालमा बसेका पाँच जनाको तिन महिना सम्म घर भाडा नलिने बताउनु भएको हो ।

विश्वब्यापी रुपमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनमा घर बहालमा बसेकाहरूको समस्यालाई ध्यान दिदै र सरकारले गरेको आग्रहलाई स्वीकार गर्दै घर बहाल नलिने उहाँले बताउनु भयो । नेता अंसारीले यस अघि पनि लक डाउनका कारण प्रभावितहरुलाई राहत समाग्री बितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *