अनलाईन न्युजपाटी जनकपुरधाम, समाचारदाता, बैशाख ११ गते।
कोरोना–२ को महामारी विश्वका लागि अनपेक्षित थियो भने नेपालका लागि नहुने कुरा नै थिएन।यस प्रकोपलाई महामारी हुन नदिन समुदायको भूमिका हालसम्म उदाहरणीय छ। त्यसमाथि समाजको पिँधमा रहेका वर्ग तथा समूह र केन्द्रको परिधिबाहिरका क्षेत्रहरुले गरेका प्रयत्नहरु स्तुतियोग्य छन्।
यही क्रममा संचार सेवा अझ दुरुस्त र हरेक बर्गको पहुचमा पुर्याउन एन्सेल SME सुपरभाईजर रमेश राजले स्थानीय समाजिक संस्था मेरो पर्यास नेपाल सँग समन्वय गरी जिल्ला ट्राफिक कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलिया लाई क्रमस ११० थान र ३० थान सिमकार्ड निशुल्क उप्लब्ध गराएका छन।
उक्त सिममा २९९ मेन ब्यालेन्स्, २९९ यस.म.यस र १ जि.बि डाटा उप्लब्ध गराएको साथै उक्त ब्यालेन्स सकेपछी पनि बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म एन्सेल नेटवर्क भित्र नि:शुल्क कल र एस.यम.यस गर्न सक्ने कुरा उनले बताए । उक्त सिमकार्ड मेरो प्रयास नेपालबाट प्रदिप मुखियाले कार्यालय प्रमुखलाई हस्तान्तरण गरेका थिए । उनले कोबिड -१९ महामारी रोकथामका लागी दिन-रात काम गर्ने हाम्रा प्रहरी साथीहरुलाई यस एन्सेलको योज्नाले लाभ पुर्याउने बताए ।