सशस्त्र प्रहरी बल बिओपी अलौले सिमानाबाट २० जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाए

अनलाईन न्युजपाटी, कृष्णा यादब ,वीरगंज, समाचारदाता, बैशाख ०२  गते।

विश्वब्यापी रुपलै फैलिरहेको (कोभेड १९) नोबेल कोरोना भाईरस वीरगंजमा  कोरोना भाईरस संक्रमित ४५ जनाको पुष्टि भएपछि । सशस्त्र प्रहरी बल बिओपीले वीरगंज महानगरपालिका वडा नम्बर १७ कोन्हियाको नाका बाट २० जनालाई नियन्त्रणमा लिई वीरगंजको आर्दशनगर स्थित रहेको  ठाकुर राम बहुमुखी क्याम्पसमा रहेको  क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनु भएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर १७ कोन्हियाको  सिमानाका बाट  नेपालको विभिन्न  ठाऊमा ज्यालादारी गरिरहेको भारतीय नागरिकहरु लकडाउनको कारण सिमानाकामा  आई बसिरहेको सबै भारतिय  ब्यक्तिहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए। नेपाल भारतको सिमानाका सशस्त्र प्रहरी बल बिओपीले २ किलोमिटरको दुरीमा खटेर नाकाको पुर्णरुपले आवतजावत बन्द गरेको सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख रबि थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *