अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, बैशाख ११ गते।
विगत २४ घण्टामा नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट नेपालका कुल संक्रमित संख्या ४७ पुगेको छ ।
थप संक्रमित पुष्टि भएकामा उदयपुरका एक ५५ वर्षीय पुरुष तथा अर्का संक्रमितमा जनकपुरका १४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा.विकास देवकोटाले बताउनुभयो ।