डि आई जि सिंहको सक्रियतामा पेस्तोलसहित दुई युवक पक्राउ

अनलाईन न्युजपाटी, सन्जु छत्कुलि,बीरगन्ज समाचारदाता, जेठ ५ गते

सर्लाहीमा प्रेस लेखेको गाडीमा हतियार बोकेर घुमिरहेका दुइ जना युवक पक्राउ परेका छन् । ती मध्ये  बिष्णु गाउँपालिका-३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला बासि १९ बर्षीय अनिश साह लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार दुबै जनालाई पक्राउ गरि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ

क्राउ परेको युवाहरु बाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, र अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको डिएसपी मदन कुँवले जनाएका छन।

भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीको विशेष सूचना को अधारमा प्रहरीले चेकजाँच गर्दा हतियार बरामद सहित दुई जना पक्राउ परेको हो।

प्रहरी स्रोत अनुसार गाउँपालिका– ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट “बीआर ३० एम ६७८७” नम्बरको ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको हो । उनिहरुलाई नियन्त्रणमा लिई अनुसनधान भई रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *