प्रहरीको कडा निगरानी पछि एम्बुलेन्सबाट ८ किलो लागू औषध चरेस सहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बीरगन्ज समाचारदाता जेठ २६ गते

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रतापसिंहको निर्देशनको पालना गर्दै प्रदेश २ का जिल्लाहरुमा प्रहरीले कडा निगरानी गरेपछी सदरमुकाम मलङ्गवाबाट एम्बुलेन्समा लागू औषध चरेससहित तीन जना पक्राउ परेको छ्न।

विशेष सुचनको अधारमा प्रदेश प्रमुख सिंहको निर्देशनमा सर्लाही जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार राति ११:३० बजेतिर मलङ्गवा नगरपालिका–८, को झिलमिलियामाई मन्दिरबाट ३७ वर्षीय राम दुलार रायलाई आठ किलो चरेससहित पक्राउ गरेको छ।

राम दुलार रायकै बयानको आधारमा अनुसन्धान गर्दै जाँदा ‘मुस्लिम युथ हेल्प कमिटी’ मलङ्गवा–६, को नाममा रहेको ज १ च १४०७ नं. को एम्बुलेन्सबाट थप १३५ ग्राम चरेस बरामद गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताएका छन।

मदन कुँवरका अनुसार एम्बुलेन्सका चालक मलङ्गवा नगरपालिका–३, का २८ वर्षीय मोहन राय यादव र उन्का सहयोगी मलङ्गवा नगरपालिका–४, का नथुनी ठाकुरलाई समेत पक्राउ गरिएको छ ।

८ किलो चरेससहित पक्राउ परेका राम दुलार रायले एम्बुलेन्स चालक मोहन राय यादवले अन्यत्रबाट एम्बुलेन्समै हालेर ल्याएको लागुऔषध भारतसम्म पुर्याउने जिम्मा लिएको बयान दिएका छन् । तिनै जनालाई थप अनुसन्धान गर्न नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *