आजबाट भारतमा सपिङ्ग मलहरू, रेस्टुरेन्टहरू र धार्मिक स्थलहरू खोलिदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २६ गते

आजबाट भारतमा सपिङ्ग मलहरू, रेस्टुरेन्टहरू र धार्मिक स्थलहरू सोमबार भारतबाट खोल्न गइरहेका छन्। यी स्थानहरु यस्तो समयमा खोलिएका छन् जब कि एक दिन अघि मात्र आइतवार कोरोना भाइरस नया संक्रमित ९९७१ को रेकर्ड गरिएको थियो र संक्रमणको संख्यामा भारतले इटाली र स्पेन लाई पछाडी परेको छ।

आईतबार प्रधानमन्त्री मोदी सरकारले महामारीको कारण पछाडि परेको अर्थतन्त्रलाई पुनर्जीवित गर्न उत्सुक छ, यसका लागि उनी लाखौं मानिसहरु काममा फर्कन चाहन्छन्। यही कारण हो कि ८ जुनबाट सपिङ्ग मल, रेष्टुरेन्टहरू र धार्मिक स्थलहरू खोलिएका छन्।

तर यी स्थानहरू खोल्दा, केही नियमहरू पनि पालना गर्नुपर्नेछ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिशानिर्देश जारी गरेको छ, अति संक्रमित क्षेत्र बाहेक अन्य होटल, शपिंग मल्ल, रेस्टुरेन्ट र अन्य ठाउँका धार्मिक स्थलहरू सोमबार ८ जुन देखि खोल्न अनुमति दिनेछ भनेका थिए। हाल सम्म भारतमा कुल कारोना सङ्क्रमित २४६६२८ र ६९२९ मृत्यु भईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *