अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २६ गते
विश्वमा हालसम्म रेकर्ड गरिएको कोरोना संक्रमणको आधा भन्दा बढी घटनाहरू कोविड १९ बाट प्रभावित सबैभन्दा बढी पाँच देशका हुन्।
जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांकका अनुसार कोरोना संक्रमणका घटनाहरू ७० लाख नाघेका छन्। अमेरिका कोरोनाबाट प्रभावित देशहरूको सूचीको शीर्षमा रहन्छ।
अमेरिकामा संक्रमितहरूको संख्या १९ लाख भन्दा बढी छ। ब्राजिल यस सूचीमा करीव सात लाख संक्रमित मा दोस्रो स्थानमा छ। रूस ४६७,०७३ संक्रमित संगै तेस्रो स्थान, ब्रिटेन २८७,६२१ संक्रमित संगै चौथो स्थान र २५७,४८६ संक्रमित संगै पाँचौ स्थानमा भारत छ। हालका हप्ताहरूमा, संयुक्त राज्य अमेरिकामा परीक्षण सुविधा विस्तार गरिएको छ। तर विज्ञहरू भन्छन् कि ब्राजिल र भारतमा परीक्षण धेरै निम्न स्तरमा परिक्षण भइरहेको छ। अमेरिकामा ३३ करोड मानिसहरु छन् जबकि भारतमा १३० करोड मानिस मानिसहरु छन् ।