आज थप ३१४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ३७६२ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २६ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३१४ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ३७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

आज थप पुरूष २९४ र महिला २० जनामा सङ्क्रमित भएका छन् । कुल नेपालमा ३५०६ जना पुरुष र २५६  जना महिला सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *