गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,पोखरा,समाचारदाता, असार ११ गते।

गण्डकी प्रदेशमा बिहीबार बिहान ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परीक्षणमा ११ जनालाई कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए।

म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नवलपुरमा १ सय ८३, बागलुङमा १ सय ४२, स्याङ्जामा १ सय ३५, तनहुँमा ९१, पर्वतमा ६८, गोरखामा ७२ ,रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *