अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ११ गते।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

असार ८ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका स्याङजा सिरुवारीका पुरुषको गय राति ११:३० मा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनि निमोनिया तथा मधुमेहका समेत बिरामी रहेको अस्पतालले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।