सरसफाई दस्तुरहरुमा कर कम गर्नु पर्ने भन्दै नेपाली काङ्ग्रेस द्धारा छैटौ नगरसभा बहिष्कार

अनलाईन न्युजपाटी ,महेश सिंह,सिरहा,समाचारदाता, असार ११ गते।

भौगोलिक बनाबट , वडाबाट संङ्कलित करका साथै जनसंख्याको आधारमा बजेट बिनियोजन गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत मेयरले अटेरी गरिरहेको नेपाली कांगे्रसका नगर सभापती सुनिल महतोको आरोप रहेको छ । लहान मेयरको  अटेरी कै कारण नेपाली कांग्रेसले नगर क्षेत्रमा बिरोध प्रर्दशन गरेका छन्  ।

लहान नगरपालिकाले आगामी आ.ब.का गरेको  छैटौ नगर सभामा नेपाली कांग्रेसले असहमती जनाएको छ । पटक पटक नगरपालिकाले बहुमतको आडमा नगरसभा गरेको भन्दै उनिहरुले आगामी आबमा संचालन हुने योजनाहरुको लागि आज गरिएको नगरसभामा  असहमती जनाएका हुन । 

जनताको भेलाबाट वडा स्तरीय योजना छनौट नगरेको , वडामा असमान बजेट बाँडफाड , नेकपा भएको वडाका साथै मेयरको कुरा मान्ने वडाहरुमा बढी बजेट बिनियोजन गरेको भन्दै सभा बहिस्कार गरेको लहान नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष अरुण केसीले बताएका छन  । 

लहान नगरपालिकाको २४ वडा मध्ये  ९ वटा वडामा नेपाली काग्रेसले बिजय हासिल गरेको छ  भने ४ वटा वडामा पुर्ब संघिय सामाजबादी फोरम , २ वटा मा पुर्व नेकपा  माओबादी , र ९ वडामा एमालेले जित हासिल गरेको छ । लहान नगरपालिकाको कार्यपालिकामा  नेकपाको बहुमत रहेको छ भने यो नगरसभामा हाल जनता समाजबादी पार्टीले सहमती जनाएको स्रोतबाट बुझिएको छ ।

अध्यक्ष केसीले – भने नगरपालिकाले लक्षितवर्गको कर्यक्रमहरु आफने हिसाबले संचालन गरिरहेको बताए ।  वडामा हुने सिफारिस लगायत ,  सरसफाई दस्तुरहरुमा कर कम गर्नु पर्ने भन्दै  नगरभित्र रहेका अधिकांस वडाहरु गाउँ केन्द्रित भएकोले नगरपालिकाले गाउँबाट सरसफाई कर उठाईरहेको र गाउँका वडाहरुमा सरसफाई नगरिरहेको वडा नम्बर –१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले बताउनुभयो । हामी पटक पटक यी बिषयमा  मेयरको ध्यानाअकर्षण गराएका थियौं ’ तर नगरपालिकाका मेयरले यो नगर सभामा पनी यि बिषयहरुमा सुनवाई नगरेका कारण  बाध्य भएर हामी नगर– सभा बहिष्कार गर्ने निर्णयमा पुगेको वडा अध्यक्ष चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *