अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता, असार १० गते।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २१ जना महिलासहित १०३ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार २०० पुगेको छ ।

रौतहटमा ४४ जना, धनुषामा २० जना, सर्लाहीमा २१ जना, महोत्तरीमा १२ र सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।