जि.प्र.का पर्साले लागू औषध र ३ वटा मोटरसाइकल सहित ४ जना पक्राऊ

अनलाईन न्युजपाटी,संजु छत्कुली, बिरगंज,समाचारदाता, असार १० गते

 जिल्ला प्रहरी  कार्यालय पर्साबाट  प्रहरी निरीक्षक रबिभुषण यादबको  टोलीले   बीरगंज महानगरपालिका वडा नं.-१५ पानी टंकी स्थित प्रदेश २-०३-००२ प ००७८ नं.को स्कुटीमा  मुन्ना कुमार  गुप्ताले बोकी ल्याएको लागु औषध ईन्जेक्सन डाईजोपाम १८ पिस, नुर्फिन १८ पिस र फेनार्गन १८ गरी य ५४ पिस फेला परेकोले सो लागु औषध र स्कुटी सहित गुप्तालाई  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो।

त्यसै गरि छुटाछुटै जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी प्रसौनीभाठ्ठा पर्साबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बिन्दबासिनी गा.पा.वडा नं.५ मधुवल स्थित ना ४६ प ९०६५ नं.को मो.सा.मा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.१०.बस्ने बर्ष २० को शिव साहले बोकी ल्याएको लागु औषध SPAS PRAX ट्याबलेट १९० पिस फेला परेकोले सो लागु औषध ट्याब्लेट र मोटर साईकल सहित  निजहरुलाई नियन्त्रणमा लिई ला.औ.मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान कार्य भइरहेको ।

 क्राईम प्रहरी निरीक्षक यादबले  टोलि र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.२ ईदगाहचोक स्थित भारतको रक्सौलतर्फ बाट बीरगंज तर्फ आउदै गरेको ना.५० प १२३४ नं.को मोटर साईकलमा १ कार्टुन अ.रु. ४,५१,६००।–बराबरको अवैध औषधी सहित चालक जिल्ला धादिङ नौबिसे घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ मा डेरा गरी बस्ने वर्ष २८ को कमल क्षेत्री र सोही मोटरसाईकलको पछाडी सवार जिल्ला बाजुरा स्वामी कार्तिक गा.पा.वडा नं. ९ घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. १६ मा डेरा गरी बस्ने  वर्ष ३२ को महेन्द्र नाथलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था बिभाग कार्यालय, बीरगंजमा बुझाइएको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।

क्राईम टोलिले विभिन्न नाकाहरु दिन राति खटि धमाधम  तस्करिको समान नियन्त्रण लिएपछि  पर्सा बासिले क्राईम टोलिको प्रशंसा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *