कर्णाली प्रदेशमा थपिए २८ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,कर्णाली,समाचारदाता, असार १० गते।

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सुर्खेतस्थित प्रदेश अस्पताल, शुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको  प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २८ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेका १३, जुम्लाका चार, दैलेका तीन, जाजरकोट र कालीकोटका एक/एकजना रहेका छन् । यस्तै अन्य संक्रमितहरु दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक/एक जना  रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *