अनलाईन न्युजपाटी ,सप्तरी,समाचारदाता, असार ११ गते।
सप्तरीको कल्याणपुरमा भएको दुर्घटनामा मोटरसाइकल सवार आमा-छोराको मृत्यु भएको छ ।राजविराज बस्ने छोरीलाई भेटन आएकी आमालाई लिएर घर फर्किरहेका खडक नगरपालिका-५ का ३२ वर्षीय बिरेन्द्र दासले चलाएको स.१० प ९०५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दास र उनकी आमा ५५ वर्षीया सुधनीदेवी दासको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो ।
सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।