मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको उद्घाटन भदौ २४

अनलाईन न्युजपाटी, बिरगंज समाचारदाता भदौ १४ गते।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको उद्घाटन भदौ २४ गते गरिने भएको छ । निर्माण सम्पन्न गरी गत साउन ३ गते सफल रुपमा परिक्षण समेत सकिएको परियोजनाको भदौ २४ गते नेपाल र भारत गरि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेभएका छन् ।

हाईटेक प्रतिधिमार्फत आ–आफ्नै देशबाट रिमोटमार्फत उद्घाटन गरिने नेपाल आयल निगम श्रोतले जनाएको छ ।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर सफल रुपमा परिक्षण गरिएको थियो ।

परिक्षणपश्चात उद्योगमन्त्री मात्रिका यादबले परियोजनाको स्थलगत रुपमा निरिक्षण समेत गरेका थिए । निरिक्षणका क्रममा उनले उचित समय मिलाएर दुबै देशका प्रधानमन्त्रीबाट संयुक्त रुपमा उद्घाटन गरिने बताएका थिए ।यसअघी भदौ १५ गते (सेप्टेम्बर १ तारिख) र भदौ २४ (सेप्टेम्बर १० तारिख) मध्ये एक समय छनोट गरिने बताईएको थियो तर अब भने भदौ २४ गते उद्घाटन गरिने करिब पक्कापक्की भएको निगम श्रोतले जानकारी दिएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *