तिब्र गतिका ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

अनलाईन न्युजपाटी, दाङ समाचारदाता भदौ १७ गते।

दाङमा सवारी दुर्घटनामा परि दुई युवाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा सोमवार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका वडा नं. १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका वडा नं. ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

गम्भीर घाइते दुबै जनालाई लमही अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए । उक्त दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । उनको खुट्टा फ्याक्चर भएको तथा हातमा पनि गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते मरासनीलाई स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

सोमवार बेलुका सवा ७ बजेतिर उक्त दुर्घटना भएको थियो भने दुबैजनालाई अस्पताल पुर्याए लगत्तै बेलुका पौने ९ बजेतिर उनीहरुको मृत्यु भएको थियो ।सुरुमा भालुवाङवाट पश्चिम लमही तर्फ आउँदै गरेको  लु १९ प ५५०६ नम्बरको मोटरसाइकल र लमहीवाट पूर्व भालुवाङ तर्फ जाँदै गरेको रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । 

त्यसपछि दुबै मोटरसाइकलमा सवार तीन जना व्यक्ति सडकमै लडे । त्यसपछि उनीहरूलाई तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको  ना ६ ख ६७७४ नम्बरको ट्रकले दुई मोटरसाइकल आपसमा ठोक्किएर सडकमा लडिरहेका उनीहरुलाई हानेको थियो ।

ईलाका प्रहरी कार्यालयका भालुवाङका अनुसार  दुर्घटनामा परेका दुई मोटरसाइकललाई ठक्कर दिने ट्रक राजमार्गदेखि एक किलोमिटर टाढाको  भित्री सडकमा भेटिएको छ।ट्रक भेटिए चालक भने फरार रहेका छन् । चालकको खोजी भइरहेको प्रहरीले अनलाईन न्युजपाटीलाई बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *