आन्तरिक राजश्व कार्यालय सिमराका नासु घुससहित पक्राउ

अनलाईन न्युजपाटी, सिमरा समाचारदाता भदौ १७ गते।

आन्तरिक राजश्व कार्यालय बारा सिमराका नायब सुब्बा घुससहित पक्राउ परेका छन् ।नायब सुब्बा सुदिप लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाको टोलिले सोमबार पक्राउ गरेको हो ।प्यानमा दर्ता रहेको कलैयास्थित अञ्जलि किराना पसलको प्यान नम्बर खारेज गराईदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपयाँ घुस लिँदैगर्दा सिमरास्थित साल्ट ट्रेडिङ अगाडीको खाजा घरबाट पक्राउ गरेको हो । लामालाई थप अनुसन्धानका लागी सोमबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *