झापाको सुनमाई डाँडामा सवारी दुर्घटनामा १३ जना घाईते

अनलाईन न्युजपाटी,झापा,समाचारदाता असोज २४ गते।

झापाको बुद्धशान्ति गाउँपालिका-७ सुनमाई डाँडामा भएको भ्यान दुर्घटनामा परी १३ जना घाईते भएका छन् । बिहिबार दिउँसो १ बजेको समयमा ईलामबाट झापा तर्फ आउँदै गरेको मे १ ज २९८२ नम्बरको भ्यान अनियन्त्रीत भई दुर्घटना हुँदा भ्यानमा सवार १३ जना घाईते भएका हुन् ।

घाईतेहरु मध्ये ३ जनाको बिएण्डसी अस्पताल विर्तामोड र अन्य १० जनाको मनकामना अस्पताल चारआली झापामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बुधवारेले अनलाईन न्युजपाटीलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *