भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ३० गते

भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउदै छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । यस वर्षको समारोह राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्षको विरासत र सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने यात्रामा युवाशक्तिको योगदानमा केन्द्रित हुनेछ ।

भारतीय वायुसेनाका दुई हेलिकप्टरबाट राष्ट्रिय झण्डा तथा ‘वन्दे मातरम्’ अंकित झण्डासहित समारोहस्थलमा फूलका पात झारिने कार्यक्रमसमेत रहेको छ । त्यसपछि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

समारोहमा सेना, नौसेना, वायुसेना, प्रहरी, राष्ट्रिय छात्र संगठन तथा ‘माई भारत’ का गरी करिब २ हजार ५०० युवा सहभागी हुनेछन् । उनीहरूले लालकिल्लासामु रहेको ज्ञानपथमा ‘वन्दे मातरम्’को आकृति बनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *