बिषालु सर्पको टोकाईले एकको मृत्यु, एक सिकिस्त

अनलाईन न्युजपाटी,दाङ,समाचारदाता असोज २४ गते।

सर्पको टोकाईले दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको टोकाईबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले अनलाईन न्युजपाटीलाई बताए। मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *