बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २२ गते

भारतीय बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पाटेकरको बिहीबार बिहान ५:२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो।

सन् १९७८ मा ‘गमन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा आफ्नो अलग पहिचान बनाएका थिए। ‘परिन्दा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ।

हृदयघात भएपछि चिकित्सकले ४५ मिनेटसम्म कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरेका थिए। तर, सीपीआरका क्रममा उनको मुटुको विद्युतीय गतिविधि (असिस्टोल) फर्कन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *