रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ९ गते।

रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् ।विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।रसुवाका प्रजिअ भण्डारीका अनुसार, उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याएका थिए । ‘६ वटा सुनका डल्ला फेला परेका छन् । रसुवागढीमा तौल गर्ने उपकरण नभएकाले जिल्ला सदरमुकाम धुन्चे ल्याइएको छ’, प्रजिअ भण्डारीले भने ।भण्डारीका अनुसार, पछिल्लो समय तस्करहरू महिलाहरूलाई प्रयोग गरी सुन तस्करी गर्ने शैली अपनाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *