साढे ६ लाख रुपैयाँ नगदसहित २२ जुवाडे पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ९ गते।

साढे ६ लाख रुपैयाँ नगदसहित २२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेको धुलिखेलबाट साढे ६ लाख रुपैयाँ नगदसहित २२ जुवाडेलाई पक्राउ गरेको छ।धुलिखेलको बतासे डाँडामा जुवा खेलिरहेका उनीहरुलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।उनीहरुको साथबाट प्रहरीले साढे ६ लाख रुपैयाँ नगद र कौडा बरामद गरेको छ। विशेष सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *