अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,असोज १ गते ।
चलचित्र सम्बन्धी अध्ययन गराउने उद्देशयले नयाँ क्याम्पसको स्थापना भएको छ । चार बर्षीय स्नातक अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’ संचालनमा आएको हो । त्रिभुवन विश्व विश्वविद्यालय सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’मा यसै शैक्षिक सत्रबाट चलचित्रमा स्नातकको अध्ययन सुरु गराउन लागेको क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले बताए ।काठमाण्डौको बाँनेश्वरमा रहेको क्याम्पसमा आईतबार पत्रकार भेटघाट आयोजना गर्दै प्रिन्सिपल उप्रेतीले कलेजले चलचित्र अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीहरुलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याएको बताए । क्यापम्समा चलचित्र लेखन-निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय र ध्वनी सम्बन्धी पाँच विषयमा स्नातक गराउने छ । नियमित र भिजिटर टिचर गरेर ६० जनाको भन्दा ठुलो टिम कलेजमा आवद्ध भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराइले गुणस्तरीय चलचित्र शिक्षाका लागि स्थापना भएको यो कलेजले नेपाली चलचित्र उद्योगको विकाशमा ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गरे ।