अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २४ गते।
धनुषाको धनुषाधाम नगरपालिका पर्वातामा नवनिर्मित रामजानकी मन्दिर उद्घाटन पूर्व भव्य कलश यात्रा निकालिएको छ । धनुषाधाम नगरपालिका–५ स्थित पर्वातामा निर्माण गरिएको रामजानकी मन्दिर र बजार भवन उद्घाटनको लागि भव्य कलश यात्रा निकालिएको हो । जल्लाद खोलादेखि पर्वाता आएको कलश यात्रामा कुमारी कन्या एवं महिलाहरु उल्लेख्य संख्यामा सहभागी थिए । रामधुन र विभिन्न किसिमको किर्तनसहित निकालिएको कलश यात्रा पर्वाता, इच्छापुर लगायतका ठाउँमा घुमाइएको वडाध्यक्ष इन्द्रकुमार महतोले अनलाईन न्युजपाटीलाई बताए । कलश यात्रा समाप्त सँगै रामजानकी मन्दिर र बजार भवनको समुद्घाटन कार्यक्रम लगत्तै हुने उनले जनाए ।