अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता,कार्तिक २४ गते।
महोत्तरीमा टिपरको ठक्करबाट एक जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका २ बस्ने ६० वर्षीय मोहम्मद मजिद नदाफलाई ना १ क ९६८३ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका हुन् ।टिपरको चक्काले नदाफको दाहिने तिघ्रामा किचेको छ । चक्काले किचेर तिघ्रा चुँडिएकाले उनलाई जलेश्वर अस्पतालले धरान रेफर गरेको छ ।दुर्घटनापछि टिपर चालकलाई स्थानीयले कुटपिट गर्नुका साथै टिपरमा तोडफोड गरेका छन् ।साथै भिड नियन्त्रणको क्रममा प्रहरीले समाचार संकलनको लागि पुगेका नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष दशरथ भण्डारीमाथि दुर्व्यवहार गरेका थिए ।